ट्रम्पका पूर्व अभियान ब्यवस्थापकलाई ४७ महिना जेल सजाय

291
  •  
  •  
  •  

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व अभियान ब्यवस्थापक पल म्यानफोर्ट लाखौं डलर अनियमिता गरेको आरोपमा दोषी ठहर भएका छन् ।

भर्जिनियाको अलेक्जेड्रियास्थित अदालतले उनलाई कर छली र बैंकिङ ठगी गरेको आरोपमा दोषी ठहर गरेको हो ।

अमेरिकी न्याय विभागले २२ महिना लगाएर गरेको अनुसन्धानमा दोषी देखिएपछि पललाई ४७ महिनाको जेल सजाय हुने भएको छ ।

सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा छानविन गर्ने क्रममा पर्लमाथि न्याय विभागले अनुसन्धान शुरु गरेको थियो । अदालतको फैसलापछि ६९ वर्षीय म्यानफोर्टले गल्ती गरेकोमा अपमानित महशुस भएको बताएका छन् ।


  •  
  •  
  •