१८ वर्षमै सांसद बन्ने किशोरी यस्ती…(तस्विरसहित)

160
  •  
  •  
  •  

saira-blairकाठमाडौ, २० कात्तिक(एजेन्सी) : १८ बर्षीया सायरा ब्लेयरले अमेरिकामा भएको मध्यवर्ती निर्वाचनमा जित हासिल गरेर सबैलाई अचम्मित पारेकी छिन् । सायराले रिपब्लिकन पार्टीवाट निर्वाचनमा भाग लिएकी थिइन् ।

सायराले आफूभन्दा २६ वर्ष जेठी डेमोक्रेट लेन डेहललाई ३३ प्रतिशत भोटले पराजित गरेकी थिइन् । जितसँगे उनी अमेरिकामा सबैभन्दा कम उमेरकी ‘ल मेकर’ बनेकी छिन् । सायरा वेष्ट भर्जिनीया युनिभरसिटीकी छात्रा हुन् । उनको वेबसाइटका अनुसार उनी गर्भपतनको अधिकार र समलिंगी विवाहको विरोध गर्छिन् ।

यसअघि सायरा प्राइमरी निर्वाचनमा जित हासिल गरेपछि चर्चामा आएकी थिइन् । उनसँग चुनाव हारेपछि डेहलले भनेकी छिन् – सायराको जीत जसरी सामुन्ने आएको छ, त्यो निकै नै सराहाना गर्न लायक छ । यसले प्रान्तमा एक सकारात्मक माहोल बनाउने छ । मलाई विश्वास छ सायरा राज्यलाई निकै राम्रो बनाउनेछिन् ।

निर्वाचन जितेपछि सायराले निकै गौरवान्वित महसुस गरेको बताउँदै यो जित सबै मिलेर पाएको बताइन् । उनले अब आफ्नो ध्यान प्रान्तको भविष्यतर्फ मोडिने बताएकी छिन् । सायराले संसदमा जानका लागि आफ्नो स्प्रिंग सेमेस्टर छाड्ने बताएकी छिन् ।


  •  
  •  
  •