ज्वाला सिंह नेतृत्वको सैन्य कमान्डर पक्राउ

212
  •  
  •  
  •  

काठमाडौं, १२ चैत (अाेएनएस): ज्वाला सिंह नेतृत्वको सैन्य कमान्डर पक्राउ परेका छन्। ज्वाला सिंह नेतृत्वको भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर एवं रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका हुन् ।

लामो समयदेखि भूमिगत जीवन बिताइरहेका यादवमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अपहरण तथा फिरौती मुद्दा लगायत ६ वटा मुद्दा दर्ता रहेकाे छ।
प्रहरीले विशेष सूचनाकाे अाधारमा आइतबार राति यादवलाई पक्राउ गरेको हो ।

गएको जेठ १५ गते सर्लाहीको बरहथवा ४ का राम पुकार राय यादवको ८ वर्षका छोरा गोलु रायलाई अपहरण गरी २० लाख रुपैयाँ फिरौती लिएको आरोप यादवमाथि छ ।

उनीमाथि जिल्ला प्रहरी कार्यालय सर्लाही कर्तव्य ज्यानसम्बन्धी दुई, अपहरण तथा शरीर बन्धक, चन्दा असुली र विस्फोट गरी ६ वटा मुद्दा रहेको सर्लाही प्रहरीले जनाएको छ ।

रौतहटको गरुडा नगरपालिका ६ अमरपटी टोलका ४२ वर्षीय यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा पनि गम्भीर अपराधका मुद्दाहरु विचाराधीन छन् ।

मोस्ट वान्टेड सूचीमा रहेका यादवमाथि बम विस्फोट, आगजनी लगायतका गम्भीर प्रकृतिका चारवटा मुद्दा जिल्ला प्रहरी कार्यालय रौतहटमा पनि दर्ता रहेकाे प्रहरीले जनाएकाे छ।


  •  
  •  
  •