अल्जेरियामा विमान दुर्घटना : दुर्इ सय बढीको मृत्यु, उद्धार कार्य जारी

280
  •  
  •  
  •  

२८ चैत्र : अल्जेरियामा बुधबार बिहना सैनिक विमान दुर्घटनामा परेको छ। विमान दुर्घटनामा परी २ सयभन्दा बढीको ज्यान गएको बिबिसीले जनाएकाे छ।

घटनास्थलमा ५० एम्बुलेन्सले घाइतेहरुलाई अस्पताल पुर्‍याइरहेकाे अल्जेरियाका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

विमान अल्जेरियाको बौफारिकस्थित सैनिक हवाई मैदानमा दुर्घटनामा परेको हो। सो विमानस्थलस अल्जेरियाको राजधानी अल्जियर्सको नजिकै पर्छ। थप विवरण आउन बाँकी छ। -एजेन्सीकाे सहयाेगमा


  •  
  •  
  •