थाइल्याण्डका सैनिक प्रमुख भोली नेपाल आउँदै

373
  •  
  •  
  •  

काठमाडौं, १८ वैशाख (ओएनएस) : थाइल्याण्डका सैनिक प्रमुख भोली नेपाल आउँन लागेका छन्।प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आर्म्ड फोर्सका प्रमुख तन्चाइयान सिसुवान बुधबार नेपाल भ्रमणमा आउँन लागेका हुन्।

नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणका दौरानमा उनले पोखरा, लुम्बिनीलगायत अन्य केही पर्यटकीय स्थानको भ्रमण गर्नेछन् । उनी यही वैशाख २२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।

उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र मित्र राष्ट्र थाइल्याण्डको राष्ट्रिय सेनाबीच रहँदै आएकोसौहार्दपूर्ण सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाको विश्वास छ ।


  •  
  •  
  •