सानिमा बैकको सेयर बिक्रि खुला

375
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) : सानिमा बैंकको संस्थापक सेयरको बिक्रि आजदेखि खुला भएको छ । २७ लाख १८ हजार ८ सय ३५ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रि खुला भएको हो ।

यस सेयरका लागि चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ ।  आवेदन बिक्रि प्रबन्धक सानिमा क्यापिटल नारायणचौर नक्सालमा आइपुग्ने गरी प्रतिकित्ता कति दरमा लिन चाहेकोे हो सोको मूल्य खुलाई गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ ।

आवेदन फारम ५०० रुपैयाँ तिरेपछि सानिमा क्यापिटलमा पाइनेछ । आवेदन दिँदा न्युनतम २ लाख कित्ताका लागि दिनुपर्नेछ ।

अधिकतम भने सबै खरिद गर्न पनि सकिनेछ । सेयरको न्युनतम मूल्य १ सय ८० रुपैयाँ तोकिएकोले सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८.२४ प्रतिशतले नाफा गरेको छ ।
यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६२ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १ सय ३३ रुपैयाँ ०४ पैसा छ ।


  •  
  •  
  •