साहुलाई सिटी एक्सप्रेसको सुनको सिक्री

84
  •  
  •  
  •  

cityकाठमाडौं, १८ भदौ (ओएनएस) ः सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालि को ‘पैसा हात हातमा उपहार आठ आठमा’ योजना अन्तर्गत धनुषाकी सेल देवी साहुले सुनको सिक्री प्राप्त गरेकी छिन् ।

बुधवार एक कार्यक्रम विच कम्पनीका प्रवन्ध निर्देशक चन्द्र टण्डनले विजेता साहुलाई सुनको सिक्री प्रदान गरे । उनले साउदी अरवबाट ४० हजार ४ सय ७६ रुपैयाँ भुक्तानी गरेकी थिइन् ।

योजना अन्तर्गत हालसम्म ६ जनाले स्मार्टफोन तथा प्रत्येक दिन आठ जनाले विन्ड प्रुफ ज्याकेट प्राप्त गरेका कम्पनीले जानकारी दिएको छ । कम्पनीले चौथो महिनाको बम्पर उपहार अन्तर्गत असोज ८ गते १ जनालाई १ सय ५० सीसीको मोटरसाइकल आगामीे प्रदान गर्ने बताएको छ । यस अघि तनहुँकी पूर्णकुमारी खाँडले सुनको सिक्री प्राप्त गरीसकेकी छिन् ।

योजनामा सेवाग्राहीले पैसा भुक्तानी गर्दा प्राप्त गर्ने कोड नम्वरको लक्की ड्र मार्फत उपहार प्राप्त गर्न सक्नेछन् । योजनामा सहभागी हुन विदेश तथा स्वदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत पैसा पठाउनुपर्ने छ ।

असारको २७ गते देखि लागु भएको यो योजना तीन महिनासम्मको लागि मात्र लागु हुने कम्पनीले जानकारी दिएको छ ।


  •  
  •  
  •