कविता : अपहृत बिपना र जमदारनी बाेजू

401
  •  
  •  
  •  

~रुमानी राई~rumani-rai

जब जसबहादुरले पल्टनमा गाेराकाे हातबाट
जम्दार पदकाे फुली र फित्ता पायाे
सिन्दुर र टीका लायाे
तब जसमाया पनि जम्दारनी भई ।

दुश्मनसित लड्दालड्दै युध्द मैदानमा
जब दुश्मनकाे एम्बुसले जम्दारलाई टुक्राटुक्रा पार्याे
तब िवधवा जम्दारनी बाेजूकाे जीवन अाेह्रालाे लाग्दै गयाे ।

दुईटी छाेरीहरु साेमती र कुमती
मधेशतिर कता हाे
रिक्सावाल र खलासीकाे जीवन स्याहार्दै छन् रे
मान्छे मार्ने जनयुध्द त्यागेर िसलङ् हान्निएका
जेठाे र माहिलाे छाेरा िसलङ्तिरै भासिए
साहिलाे छाेरा गुजराततिर छ भन्ने सुन्नमा अा’काे छ
पंडित हरीभक्त साहूबाट ऋण काढेर
अरप पठाकाे कान्छाे छाेरा अझै वेपत्ता छ ।

केटाकेटी पढाउँदा,
र,अरप पठाउँदा िलएकाे ऋृण
बाँस झैं हलक्कै बढेर
घरखेत सप्पै साहूले डाेल्यायाे
भ’काे एक चाेक्टा खेत पनि पाेहाेर साल खाेलाले बगायाे ।

अाफ्नै लाेग्नेकाे कमाईकाे चिनाे
हिजाे अस्तीसम्म अाफ्नै हातले सुम्सुम्याएकाे िवरासत
अाफ्नै अाँखा अगाडिको डील मास्तिर ठिङ्ग उभेर
घरीघरी गिज्याईरहेछ जम्दारनी बाेजूलाई
अपहृत अाफ्नै तीनजुरे घर ।

जम्दारनी बाेजूकाे थेप्चे नाककाे डाँडीमाथि
कितञ्जेल हल्लिने हुन्
पंडित हरीभक्त साहूकाे अलिच्छन् उपरखुट्टी
एकािवहानै एकािवहानै ।
कहिलेसम्मलाई हाे कुन्नी
याे निर्धामाथिकाे नामर्द अट्टहास
र,अपसगुन हुक्काकाे गुड्गुडगुड्गुड गुड्गुडाहट ।

अाजसम्म जित बाँचेकी छे
अाँखामा अागाे हुर्काएर बाँचेकी छे जम्दारनी बाेजू
उनलाई गर्भाधान गर्न बाध्य पार्ने अागाेले
पंडित हरीभक्त साहूकाे जीवनकाे खरबारी
डढेलो नलाग्ला भन्ने के ग्यारेण्टि ?

तिताे यथार्थ,
न त छाेरीहरु भेट्न अाएका छन्
न त छाेराहरु नै फर्केका छन् परदेशबाट
तैपनि अझै अासा मारेकी छैन
अाँत हारेकी छैन
लुिटएकाे अाफ्नाे लाेग्नेकाे चिनाे
खाेसिएकाे अाफ्नाे बिरासत
एकदिन अवस्य फिर्ता हुनेछ
पूर्ण विश्वस्त छे जम्दारनी बाेेजूेजू।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)


  •  
  •  
  •