सहिद स्मारक ए डिभिजन लिग : हिमालयन शेर्पा र त्रिभुवन आर्मी भिड्दै

485
  •  
  •  
  •  

काठमाडौं, १६ मंसिर(ओएनएस) । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज अपराजित टोली हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदैछ । आजको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे दुई बजेदेखि हुनेछ ।

आर्मीले लिगको पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) सँग २–२ को बराबरी खेलेको थियो । त्यसयता आर्मीले लगातार जित हासिल गर्दै आएको छ ।

यता शेर्पाले पनि पहिलो खेलमा एपीएफविरुद्ध गोलरहित बराबरीमा रोकिएपछि लगातार जित दर्ता गर्दै आइरहेको छ । शेर्पाले पनि ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक जोडेको छ ।

यस खेलमा जित हात पार्ने टोलीले शीर्षस्थानमा रहेको मनाङसँगको अंक दुरी २ अंकमा छोट्याउने छ । खेल बराबरी भएको खण्डमा भने दुवै टोली ४ अंकले पछाडी रहनेछन् ।
एन्फा कम्प्लेक्समा हुने आजको पहिलो खेलमा मछिन्द्र र फ्रेन्ड्स पहिलो जितको खोजीमा हुनेछन् ।


  •  
  •  
  •