सहिद दिवस मनाइदै, सहिदको सम्मान हुन सकेन

418
  •  
  •  
  •  

4sahidकाठमडौं १६ माघ (ओएनएस) :  आज देशभर सहिद दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रजातन्त्र र स्वतन्त्रता प्राप्तिका लागि आफ्नो ज्यान बलिदान दिने सहिदहरूको सम्झनामा आज देशभर सहिद दिवस मनाउन लागिएको हो । राजधानीको लैनचौरको सहिदपार्कमा अहिले बिहान ९ बजे बिशेष समारोहकाबीच श्रद्धाञ्जलीसभा आयोजना गरिँदैछ ।

सभामा प्रधानमन्त्री सुशील कोइराला जाने कार्यक्रम  छ । रत्नपार्कको शान्तिवाटिकामा अहिले बिहान भेला भई प्रभातफेरीसहित सहिद स्मारक लैनचौरमा पुगेरसहितको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम छ । यसै अवसरमा राजधानीको गोकर्णमाप रहेको सहिद पार्कमा पनि आज दिउँसो विशेष कार्यक्रम गरिदैछ । जहानियाँ राणाशासन, निरंकुश पञ्चायती ब्यवस्था र तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनमा वीर सपुतहरूले गरेको बलिदानको स्मरणमा हरेक बर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । यस अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

जहानियाँ राणाशासनको अन्त्यका लागि ज्यानको बाजी लगाएका सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दका साथै लोकतन्त्र प्राप्तिका लागि बलिदान दिने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १० गतेदेखि एकसातासम्म सहिद सप्ताहको रुपमा मुलुकभर विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।

बि.स १९९७ माघ १० गते राणाशासन बिरुद्ध नेपाल प्रजापरिषद स्थापना गरि जनतालाई आफनो हक र अधिकारको लागि क्रान्ति गर्न उत्प्ररित गर्ने शुक्रराज शास्त्रीलाई टेकुको खरिको रुखमा झुण्ड्याएर मारिएको थियो भने धर्मभक्त माथेमालाई त्यसको तीन दिनपछि सिफलमा झुन्डयाइएको थियो । यस्तै दशरथ चन्द र गंगालाल श्रेष्ठलाई भने माघ १५ गते काठमाडांैको बिष्णुमती किनार शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । सहिदहरुको सम्मान हुन नसकेको गुनासो बढन थालेको छ ।


  •  
  •  
  •