नेताहरुले सहिदको रगतले होली खेले : सहिद परिवार

320
  •  
  •  
  •  

काठमाडौ, १६ माघ (ओएनएस) : देश र जनताका लागि बलिदान दिने जीउँदा सहिदको भावनामाथि खेलवाड भएको भन्दै सहिदका परिवारहरुले आपत्ती जनाएका छन् ।

शुक्रबार सहिद दिवसको अवसरमा सहिद परिवार तथा जन–आन्दोलनका घाईते समन्वय समिति काठमाडौंले कार्यक्रममा नेपाल सरकार तथा राजनैतिक दलले जीउँदा सहिदको भावनामाथि प्रहार गरेको आरोप लगाएका छन् ।

देश र जनताको लागिज्यानको बाँजी थापेका जीउदा सहिदको भावना विपरीत राजनितीक दलका नेताले सत्ताको लुछातानीको खेल खेलेका कारण समयमै संविधान जारी गर्न नसकेको तथा व्यक्तिगत स्वार्थका कारण मुुलुकमा अन्यौलता छाएको उनीहरुले आक्रोस व्यक्त गरेका छन् ।

०६२/०६३ को जन आन्दोलनका सहिद सगुन ताम्राकारकी आमा जया ताम्राकारले सहिद दिवसको अवरसमा नेपाल सरकारले सहिद परिवारलाई सम्वोधन समेत नगरेको गुनासो पोखिन् ।

मुलुककालागि मेरो १६ वर्षको छोराले आफ्नो ज्यानै गुमाएपनि सहिद दिवसको अवसरमा राज्यवाट कुनै पनि सम्वोधन नहुँदा मन दुखेर आएको बताँउदै उनले भनिन्, “मुलुकमा शान्ति र समृद्धिका लागि मेरो छोराले ज्यानै गुमाए पनि आजकुनै पनि निकायवाट हामिले केही पाँउन सकेनांै ।”

सहिदका परिवारालाई फुलको मालालगाएर मात्रपुग्दैन उनले भनिन्, “मेरो छोराको मृत्युले आज पनि मेरो मुटु छियाछिया भएको छ भने मेरो परिवारवाट सधै सधैका लागि खुसियाली हराएको छ ।”
सहिदका परिवारलाई राज्यकातर्फवाट सेवा सुविधा दिनुपर्नेमा उल्टै नेताहरुले सहिदले बगाएको रगतको होलि खेली मोजमस्तिमा लागेका उनले बताईन ।

धादिङ् नौवीसेका ताम्राकारले २०६२/०६३ सालको जन–आन्दोलनमा काठमाडांैको कलंकीमा नेपाल प्रहरीको गोलीबाट सहादतप्राप्त गरेका थिए ।

सहिद परिवार तथा जन–आन्दोलनका घाईते समन्वय समिति काठमाडांैका सदस्य रुद्र जोशीले सहि ददिवस वर्षमा एक पटक आउने भएपनि सम्वन्धित निकायले औपचारिकता मात्र निभाएको बताए । जोशीले भने, “कुर्सी र पदकालागि राजनैतिकदलका शीर्ष नेताहरुले पार्टिगत र व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा नेपालको शिर भुकाउने काम गरेका छन् ।”  जनताका छोरा छोरीले रगतको खोला बताए पनि आधारभुत आवश्यकता समेत पुरा नभएको उनले बताए ।

समिति काठमाडांैका सदस्य यमुनादेवी श्रेष्ठले ०६२/०६३ सालको जन–आन्दोलनका वेला राजनैतिक दलका शिर्ष नेताहरुले सिङ्गो मुलुकलाई परिवर्तन गरि सुन्दर नेपालको परिकल्पनाका कथा कहानी रचेपनि हाल ती सबै एजेण्डा सपना जस्तै भएको बताइन् ।

‘हामि धन सम्पनी कमाउने आसले आन्दोलनमा सहभागि भएका थिएनांै’ उनले भनिन्, ‘ शान्ति स्थापनाहोस र सम्पर्ण नेपाली परिवारमा खुसियाली आयोस भन्ने उदेश्यले आन्दोलन गरेपनि अहिले नेताहरुले आन्दोलनको वहावलाई बिर्सेर सहिद तथा घाइते परिवारलाई वेवास्ता गरिएको छ ।”

उनले थपिन, “म र मरो श्रीमान जिउदा सहिद हांै तर हामिले राज्यवाट पाउनु पर्ने न्यूनतम सेवा सुविधा पनि पाएका छैनौं ।” जन–आन्दोलन ०६२÷०६३ माश्रेष्ठ दम्पतीको मेरुदण्ड भाचिएको थियो ।


  •  
  •  
  •