शहीद

333
  •  
  •  
  •  

सुदिप वि.क

इतिहासमा योगदान छ महान ती शहीदहरुको
जसले गरे आफ्नो ज्यान बलिदान ती शहीदहरुको
राजनीतिलाई छोडेर देशलाई सम्झनुपर्छ
त्यहि हुन्छ उच्च सम्मान ती शहीदहरुको

देशको लागि भनेर आफ्नो घाटी रेटाउनेप्रति
देशका लागि बोल्दा फाँसीमा चढ्नेहरुप्रति
ती वीर शहीदमा शिर झुकाई सलाम छ
देशको लागि आफ्नो ज्यान बलिदान दिनेप्रति

कोइ जलेर शहीद भए
कोइ गलेर शहीद भए
या यस्तै छ देशमा
कोइ ढलेर शहीद भए

सुदिप वि.क
बेसीशहर, ११ लमजुङ ।


  •  
  •  
  •