प्रधानमन्त्रीद्वारा शहीद स्मारकमा माल्यार्पण

671
  •  
  •  
  •  

Sahid-Diwabasकाठमाडौं, १६ माघ (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लैनचौरस्थित शहीद स्मारकमा माल्यार्पण गरेका छन् ।

आइतबार बिहान शहीद स्मारकमा पुगेर प्रम प्रचण्डले शहीदप्रति माल्यार्पण गरेका हुन् ।

माल्र्यापण कार्यक्रममा सभामुख ओनसरी घर्ती, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका बिशिष्ट श्रेणीका कर्मचारीहरु, सुरक्षा अंगका उच्च पदस्थ अधिकृतहरु लगायतका बिशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

यसैबीच, शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देश दिएका छन् ।
राष्ट्रपति भण्डारीले ज्ञातरअज्ञात शहीदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै नेपालका विभिन्न राजनीतिक आन्दोलनमा शहीदहरुले निर्बाह गरेको भूमिकाको स्मरण गरेकी छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले शहीद दिवसको अवसरमा शुभकामना बक्तव्य जारी गर्दै शान्ति र विकाससहितको समुन्नतीका लागि सबैमा सहकार्य गरेर अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

आइतबार शहीद दिवस । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्मान गर्दै दिवस मनाइँदै छ ।

वीर शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो ।


  •  
  •  
  •