बासवारी क्लवद्वारा ब्याइज युनियन पराजित

287
  •  
  •  
  •  

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा बासवारी क्लवले ब्याइज युनियनलाई तीन दुई गोलले पराजित गरेको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा बाँसवारीले ब्याइज युनियनको दुई गोलको अग्रता उल्ट्यायो । खेलको २५ औं मिनेटमा पहिलो गोल गर्दा ६० औं मिनेटमा दोस्रो गोल गर्यो ।

तर त्यसपछि बाँसवारीले तीन गोल फर्कायो । उसले ७९ औं मिनेटमा गोल गर्दै अन्तर दुई एकमा झारेको थियो भने इन्जुरी समयमा दुई गोल गरेको थियो ।


  •  
  •  
  •