सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि मछिन्द्र क्लबलाई

86
  •  
  •  
  •  

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि मछिन्द्र क्लबले हात पार्न सफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गरेसँगै शीर्ष स्थानमा रहँदै मछिन्द्र क्लब च्याम्पियन बनेको हो ।

खेलको ३४ औं मिनेटमा मछिन्द्रले आत्मघाती गोलमा अग्रता बनाएको थियोे । मछिन्द्रका रन्जित धिमालले हानेको फल बलमा आर्मीका बिकास तामाङको टाउकोमा लागेर गोलमा परिनत भएको थियो ।

मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो । खेलको १३ औं मिनेटमा आर्मीले पाएको कर्नर किक सदुपयोग गर्न सकेन । आर्मीका लागि भरत खवासले कर्नर प्रहार गरेका थिए ।

खेलको २० औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कर्कीले डि एरिया नजिकबाट प्रहार गरेको बल मछिन्द्रका गोल किपर विशाल श्रेष्ठले बचाए । बललाई रोख्न खोज्दा आर्मीका गोल किपर विकेस कुथु घाइते भएर मैदान बाहिर गए । खेलको ५० औं मिनेटमा मछिन्द्रले गोल गर्ने अवसर पाए पनि सकेन ।


  •  
  •  
  •