काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लवले तेस्रो जित निकालेको छ ।
शनिबारको खेलमा पुलिसले जाउलाखेल युथ क्लवलाई दुई शुन्य गोलले पराजित गरेको हो ।
सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा पुलिसले सुरुवात देखि नै जाउलाखेलमाथि केहि दबाव दिएको थियो । पुलिसले खेलको २६ औं मिनेटमा अग्रता बनायो ।
पुलिसका सौजन्य राईले गोल गर्न सफल भए । त्यसपछि दुबै टिमबाट खासै राम्रो मुभ हुन सकेन र पुलिस पहिलो हाफमा एक शुन्यले अगाडी रह्यो । दोस्रो हाफका सुरुवातमा नै पुलिसले अग्रता दुई शुन्यमा पु¥यायो । यसपटक उसका लागि ४८ औं मिनेटमा सुमन लामाले गोल गरे । जसका कारण पुलिसले जाउलाखेल विरुद्ध दुई शुन्यको अग्रता बनायो । जारी लिगमा सुमनको यो चौथो गोल हो ।
त्यसपछि जाउलाखेल खेलमा फर्कन सकेन र पुलिसले तीन अंक हासिल गर्यो । जितसँगै पुलिसले सात खेलमा ११ अंक बनाएको छ । जसका कारण चौथो स्थानमा उक्लिएको छ । जाउलाखेलका सात खेलमा नौ अंक छ । उसको जारी लिगमा यो दोस्रो हार हो ।