बलिउडमा किङ खान उपमा पाएका शाहरुख खानले आफ्नी पत्नी गौरी खानलाई बुलेटप्रुफ कार उपहार दिएका छन् । किङ खानले पत्नीको जन्मदिनको उपहार स्वरुप सो कार दिएका हुन् ।
आफ्ना साथी करिम मोरानीको घरमा भएको गोलीकाण्डपछि आफूले पनि बुलेटप्रुफ गाडी खरिद गरेका थिए । सो गोलिकाण्डपछी उनले परिवारको सुरक्षामा विशेष सचेतता देखाएका हुन् ।
परिवारको चिन्ता पनि गौरीलाई बुलेटप्रेफ गाडी दिएको उनले बताए । समाचारस्रोतका अनुसार शाहरुख पत्नी गौरी र उनका बच्चा घरबाट बाहिर जाँदा वरिपरि बडिगार्ड रहने गरेका छन् । त्यसो त उनले यस अघि निर्देशक फराह खानलाई पनि कार उपहार दिएका थिए ।
अहिले उनको पछिल्लो चलचित्र ुह्याप्पी न्यु इयरुले यतिबेला बलिउडमा तहल्का मच्चाएको छ । एजेन्सी