साहना र सुरजमाथि सार्वजनिक अपराध मुद्दा

222
  •  
  •  
  •  

sahana-suraj-250x239काठमाडौं १६ माघ ।
मोडल साहना बज्राचार्य र सुरज गिरीमाथि प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाउन कारबाही अघि बढाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएका उनीहरुलार्इ प्रशासनले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनीहरुविरुद्द प्रहरीले सार्वजनिक अपराध गरेको अभियोगमा मुद्दा अघि बढाएको हो ।

महानगरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतबाट प्रशासनमा लगिएका उनीहरुलार्इ थुनामा राखी कारबाही अघि बढाउन प्रशासनले निर्देशन दिएपछि दुबैले अझै हिरासतमै बस्नुपर्ने भएको हो ।

दुबैजनामाथि विज्ञापन र म्युजिक भिडियो कम्पनीका मालिक हर्षबर्धन साहनीलाई जथाभावी गाली गर्दै दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले बुधबार दिउँसो प्रकाउ गरेको थियो ।

महानगरीय प्रहरी परिसर हनुमान ढोकाका अनुसार उनीहरु दुबैले साहनीमाथि गाली गरेको पुष्टि भएको छ । पीडितकै दाबीअनुसार उनीहरुले साहनीमाथि अश्लील शब्दसहित दुर्व्यबहार गरेको देखिएको प्रहरीको भनाइ छ।

गाली गर्ने क्रममा सुरजले साहनीकी छोरीमाथि याैन दुर्व्यबहार गर्ने तथा ज्यान लिनेसम्मको धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •