साहानालाई श्रद्धाञ्जली दिन शीर्ष नेताहरु बल्खुमा

59
  •  
  •  
  •  

काठमाडौं, ७ असोज (ओएनएस) नेकपा एमालेकी नेतृ साहना प्रधानको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जिली अर्पण गर्न शीर्ष नेताहरु एमाले पार्टी कार्यालय बल्खुमा पुगेका छन् ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानको पार्थिव शरीरमा राष्ट्रिय झण्डा तथा नेपाल र गौतमले कम्युनिष्ट पार्टीको झण्डा ओडाएर प्रधानप्रति श्रद्धान्जली व्यक्त गरेका थिए ।  

यस्तै एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस कार्यबहाक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला लगायतका नेताहरु श्रद्धान्जलीका लागि बल्खु पुगेका थिए ।

प्रधानको मंगलबार नै राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गरिने भएको छ । उनको सोमबारराति बयोधा अस्पतालमा निधन भएको थियो ।
न्य दलका नेता तथा कार्यकर्ताहरु पनि अन्तिम श्रद्धाञ्जलीका लागि बल्खु पुगेका छन् ।
प्रधानको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।


  •  
  •  
  •