बोल्नै नपाई उड्यो प्राण पखेरु (तस्बिरमा साहना)

136
  •  
  •  
  •  

सम्झना पौडेल /

जीवनका कर्यौ बर्ष सघर्षमै विताएकी कम्युनिष्ट आन्दोलनको अगुवा साहाना प्रधान केही बर्ष ओछ्यानमै परिन । नेपाली महिला र आन्दोनलनमा सडकमा आवाज बुलन्द पार्दे हिड्ने साहानाको थलिदै गर्दा बोलि पनि बन्द भयो ।

हातका औला चलमलाउने, आँखाबाट आँशुसँगै पीडा छल्किने साहानालाई भेट्नेहरु भन्छन् भन्ने कुरा कति थिए होलान ? अनि कति बोल्न मन थियो होला ? तर बोल्नै नपाई सोमबार राती अस्पतालको शैयाबाट उनको प्राण पखेरु उड्यो ।

घरमा भित्ता टाँडिएका तस्बिरमा भने अहिले पनि बालौ बोलौ हुने साहानाको निधनसँगै एउटा महिला आन्दोन र सिगो वामपन्थी आन्दोलनको धरोहर ढलेको छ ।

कम्युनिस्ट राजनीतिमा ६ दशकदेखि निरन्तर सक्रिय प्रधानले ०४६ सालमा संयुक्त वाममोर्चाको नेतृत्व गर्दै आन्दोलनको अगुवाइ गरेकी थिइन्। ०४६ पछिको अन्तरिम सरकारमा उनी उद्योगमन्त्री थिइन्।

त्यसैगरी ०६३ को परिवर्तनपछि बनेको सरकारमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्री थिइन्।  स्वर्गीय प्रधान कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठकी पत्नी हुन्।

पुष्पलालकाे निधनपछि पार्टी पुनर्गठन गरेकी साहनाले मनमाेहन अधिकारीसँग मिलेर नेकपा मार्क्सवादी बनाइन् । ०४६ सालपछि मार्क्सवादी र माले मिलेर एमाले बन्याे ।

वामदेव गाैतम र सीपी मैनालीले एमाले विभाजन गरेर नेकपा माले पुनर्गठन गर्दा साहनाले वामदेवलार्इ साथ दिएकी थिइन् । पछि उनी वामदेवसँगै एमालेमा फर्केकी हुन् ।

राणा शासनकाे अन्त्यका लागि भएकाे अान्दाेलनकाे पृष्ठभूमिबाट राजनीतिमा लागेकी साहनाकाे निधनले पुरानाे पुस्ताका राजनीतिज्ञकाे स्थान रिक्त भएकाे छ । नेपाली राजनीतिमा साहना प्रधान पीवी, गणेशमान, कृष्णप्रसाद भट्टरार्इ, पुष्पलाल र मनमाेहनकी समकालीन नेतृ हुन् ।

प्रधानका छाेरा उमेश र छोरी उषा छन् ।

1058663_10204832456042129_152725700_n 1608386_10204832457802173_1462111849_n 10706541_10204832442881800_202111127_n 10707877_10204832458762197_1010395469_n 10708013_10204832443681820_746513336_n (1) 10708013_10204832443681820_746513336_n 10711319_10204832441521766_1051900057_n 10711330_10204832457202158_217790025_n 10711591_10204832458682195_1801057501_n 10714836_10204832443001803_2100804103_n 10716129_10204832458562192_859203213_n 10716202_10204832458082180_713581702_n

तस्बिर /शब्द


  •  
  •  
  •