सरकारले सिके राउतसँग गर्‍यो ११ बुँदे सहमति

317
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन(ओएनएस) : छुट्टै राज्यको माग राखेर आन्दोलन गर्दै आएका डा. सिके राउत नेतृत्वको संगठन स्वतन्त्र मधेश अभियानसँग सरकारले ११ बुँदे सहमति गरेको छ ।


राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले हस्ताक्षर गरेका हुन् । कार्यकर्तामाथि लागेको राजनीतिक मुद्दा फिर्ता लगायतका बुँदा सहमतिमा समेटिएका छन् ।
राउत यसअघि स्वतन्त्र मधेसको एजेन्डासहित गतिविधि गरिरहेका थिए ।
जिल्ला अदालत रौतहटको आदेशपछि पुर्पक्षका लागि थुनामा गएका राउत सर्वोच्च अदालतको आदेशमा हिजोमात्रै रिहा भएका थिए ।

राउत लामो समयदेखि मधेसलाई नेपालबाट छुट्याउनुपर्ने अभियानमा थिए । मधेसलाई राज्यले दमन गरेको भन्दै उनले मधेसमा छुट्टै सेना हुनुपर्ने समेत बताउँदै आएका थिए ।
यस्तै सहमतिलाई शुक्रबार बसेको नेकपाको आकस्मिक सचिवालय बैठकले अनुमोदन गरेको थियो ।
सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सहमतिबारे ब्रिफिङ गरेका थिए ।
उक्त समूहले पृथकतावादी आन्दोलन त्याग्ने, संविधान स्वीकार गर्ने, शान्तिपूर्ण राजनीतिमा आउने लगायत विषय ११ बुँदे सहमतिमा छन् ।


  •  
  •  
  •