आन्दोलनरत शिक्षक र सरकारबीच तीन बुँदे सहमति

492
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन(ओएनएस) : विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच ३ बुँदे सहमति भएको छ ।

शिक्षा मन्त्रालयमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो । शिक्षकहरुले सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।

तत्काललाई अस्थायी, राहत, बाल विकास केन्द्र ईसीडीका शिक्षकका लागि आन्तरिक प्रतिस्पर्धातर्फ प्रस्ताव गरिएको २० प्रतिशत कोटा हटाइने सहमति भएको छ ।

शिक्षा सम्बन्धमा बनेको विधेयक अर्थात राष्ट्रिय शिक्षा ऐनमाथि थप छलफल गर्ने र छलफलमा राहत शिक्षकलाई पनि समावेश गर्ने सहमतिमा उल्लेख छ ।

आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा घाइते भएका शिक्षकहरुको निःशुल्क उपचार गर्ने सहमति समेत भएको छ ।

यस्तै ऐन पारित भएपछि नियमावली बनाउँदा आन्तरिक प्रतिस्पर्धातर्फको कोटा बढाउने र अस्थायी शिक्षकलाई स्थायी प्रक्रियामा लैजाने सहमति भएको राहत शिक्षक संघर्ष समितिका अध्यक्ष खेम अधिकारीले बताए ।

सहमति भएपछि आन्दोलन गर्न काठमाडौं आएका राहत शिक्षक बिहीबारदेखि नै विद्यालयको पठनपाठनमा फर्किने भएका छन् । शिक्षकको आन्दोलनका कारण पठन पाठनसमेत ठप्प भएको थियो ।


  •  
  •  
  •