तीन बुँदे सहमतिपछि मूलपानी–डाँछी सडकखण्ड सञ्चालनमा

333
  •  
  •  
  •  

काठमाडौं । स्थानीयको आन्दोलनका कारण बन्द मूलपानी–डाँछी सडकखण्डको आवागमन शुरु भएको छ ।
सडकको हिलो तत्काल सोहोर्ने र एक हप्ताभित्र बाटो सम्याउने सहमतिपछि अवरुद्ध सडक सञ्चालनमा आएको हो ।

बाटो निर्माणमा ढिलाई भएको भन्दै स्थानीय मंगलबार बजार ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।
नगरपालिका र आन्दोलनरत नेपाल विद्यार्थी संघबीच ३ बुँदे सहमति सहमति भएको हो ।

सहमतिअनुसार नगरपालिकाले चाबहिल–साँखु सडक खण्डअन्तर्गत सानोथली ओह्रालोदेखि व्यञ्जन पार्टी प्यालेससम्मको बिग्रिएको बाटो बनाउने सहमति भएको छ ।

यस्तै तत्काल बाटोमा थुप्रिएको हिलो फाल्ने, एक हप्ताभित्र बाटो सम्याउने र तत्काल बाटो पिच गर्न पहल गर्ने समझदारी भएपछि बाटो खुलेको छ ।


  •  
  •  
  •