फोरम र नयाँ शक्तिबीच एकता

यस्ता छन् सहमतिका ९ आधार(पूर्णपाठसहित)
561
  •  
  •  
  •  

काठमाडौं २३ वैशाख(ओएनएस) : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबीच सोमबार एकता भएको छ ।

प्रज्ञा प्रतिष्ठानमा औपचारिक रुपमा एक भएको घोषणा गर्दै दुवै पार्टीले नयाँ पार्टी समाजवादी पार्टी नेपाल हुने बताएका छन् ।

एकता घोषणासभामा डा. भट्टराई र यादवले एकताबारेको ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सहमति पत्रमा भनिएको छ, ‘यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र समाजवादलाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ ।’

मधेशका मुद्दामा केन्द्रीत राजनीति गरिरहेको फोरम र माओवाद त्यागेर वैकल्पिक शक्ति बन्न खोजिरहेको नयाँ शक्तिबीच समाजवादसहित अघि बढ्ने सहमति भएको हो । दुई वर्षदेखि चलेको वार्तालाई निष्कर्ष दिँदै दुई दिनअघि पार्टी एकिरकण गर्ने सहमति भएको थियो ।

नयाँ शक्तिका डा.भट्टराई संघीय परिषदको अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बनेका छन् ।

३ सय सदस्यीय केन्द्रीय समिति बनाउने र समितिमा २ सय जना फोरमका र ९९ जना नयाँ शक्तिका केन्द्रीय सदस्य रहने सहमति दुवै दलले गरेका छन् । संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन् ।


  •  
  •  
  •