राष्ट्रिय सहकारी बैंकले १३ प्रतिशत लाभांस दिने

157
  •  
  •  
  •  

काठमाडौं, २६ कात्तिक (ओएनएस): राष्ट्रिय सहकारी बैंक लिमिटेडले १३ प्रतिशत लाभांस दिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले सेयर सदस्यलाई १३ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको हो ।

बैंकको साधारण सभाले प्रस्ताव पारित गरेपछि सदस्यहरुले यो लाभांस पाउने बताइएको छ । बैंकको ११औं साधारण सभा आगामी मंसिर २९ गते विराटनगरमा गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ ।

बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा बसेको सोमवारको वैठकले साधारणसभामा सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन, प्रवन्ध सञ्चालकको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन अनुमोदन गरेको छ ।

६४ करोड चुक्ता पूँजी रहेको बैंकले हालसम्म ८ अर्व निक्षेप संकलन गरेको छ । ४ अर्व रुपैयाँ लगानी रहेको बैंकको ३३ वटा शाखा कार्यालय र केन्द्रिय कार्यलय छन् । बैंकले खासगरि सहकारी संघ संस्थाहरुलाई वित्तिय सेवा दिदै आएको छ । बैंकमा हालसम्म ७ हजार १ सय सहकारी सदस्य रहेका छन्।

 


  •  
  •  
  •