आगामी वर्षको नीति, कार्यक्रम र बजेट सहकारीमैत्री हुनुपर्नेमा जोड

77
  •  
  •  
  •  

काठमाडौं । सहकारी क्षेत्रका अगुवाहरुले हालको ऐन कानून सहकारी मैत्री हुन नसकेको बताएका छन् । मिडिया इन्टरनेसनलले बुधबार आयोजना गरेको वेबीनार कार्यक्रममा उनीहरुले स–सानो पुँजी परिचालन हुने हुँदा सहकारी क्षेत्रलाई आगामी बजेटले पनि सम्बोधन गर्ने अपेक्षा गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सहकारीमैत्री हुनुपर्ने बताए ।
अध्यक्ष कँडेलले आगामी वर्षको नीति, बजेट र कार्यक्रममा राख्नुपर्ने विषयलाई सहकारीको तर्फबाट आफुहरुले मागपत्रहरु पेश गरिसकेको बताए । उनले भने‘हाम्रो क्षेत्रबाट अर्थमन्त्री, भूमी व्यवस्था सहकारी, गरिबी निवारणमन्त्री, सचिव र रजिष्टारहरु समक्ष आफ्ना मागपत्रहरु पेश गरिसकेका छौं । सहकारी क्षेत्रलाई डिजिटलाइजेशन गर्नका लागि भरपुर प्रयासहरु भइरहेको पनि उनले उल्लेख गरे । । तर केही कानुनी समस्याका कारण सहकारी क्षेत्र पछाडि परेको उनको भनाई छ ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्थाका अध्यक्ष परितोष पाैड्यालले कोर बैंकिङ सिस्टमभित्र डिजिटल बैंकिङका सबै विषयलाई राखेर नेफ्सकुन भित्र नयाँ टेक्नोजोटिको शुरुवात गरिएको बताए ।  सबै किसिमका एकाउन्टिङ सफ्टवेयरले एक आपसमा अन्तरसहकारी कोरोबार भुक्तानी गर्न सक्ने विधि बनाएको उनले बताए ।

कार्यक्रममा नेशनल कोअपरेटर्स एलायन्सका सहअध्यक्ष गोविन्द शर्मा पौडेलले डिजिटलाइजेशनमा बैंक वित्तिय संस्थाले धेरै नै फड्को मारेको भएपनि सहकारी क्षेत्र केहीपछि परेको उल्लेख गरे ।

कार्यक्रममा आयोजक संस्था मिडियाइन्टरनेसनलका अध्यक्ष माधव निर्दोष तथा सहकारी कर्मीहरु हरीप्रसादपाण्डे र जनार्जन सापकोटाले सहकारीहरुले डिजिटल सेवामा गति लिनुपर्नेमा जोड दिएका थिए ।

 


  •  
  •  
  •