जिल्ला सहकारी संघ चितवनको भत्सना

620
  •  
  •  
  •  

काठमाडौं । जिल्ला सहकारी संघ चितवनले जिल्लामा रहेको नेपाल आयल निगमबाट नमुना बिक्रेताको अनुमति लिई संचालनमा रहेको पेट्रोल पम्पमा प्रहरीले हस्तक्षेप गरेको भन्दै भत्सना गरेको छ ।

संघका व्यवस्थापक विनोद खतिवडाले सोमबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण जनाएका हुन् ।  खतिवडाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सोमबार दिउसो १ बजे प्रहरीले साझा पट्रोल पम्पमा एक्कासी पसेर तेल हाल्दै गरेका सवारी साधन, तिनका चालक र कर्मचारीलाई लछार पछार गर्दै ज्यादती गरेको छ ।’

त्यस्तै संघले प्रहरीले संघका अध्यक्ष टिकाराम भट्टराईको कार्यकक्षमा समेत प्रवेश गरेर नियन्त्रणमा लिनुका साथै कुटपिट जस्तो निन्दनिय काम गरेको भन्दै भत्सना गरेको छ ।  संघले पीडितलाई तत्काल रिहाई गर्न माग समेत गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

 


  •  
  •  
  •