आजदेखि साझा यातायातका लामो दूरीका बस सञ्चालन

99
  •  
  •  
  •  

काठमाडौं । साझा यातायातले आजदेखि लामो दूरीका बस सञ्चालन गर्दैछ । साँझदेखि बस सेवा शुरु हुने साझा यातायातले जनाएको छ । काठमाडौं –पोखरा–कुस्मा–बाग्लुङ र बुटवल–भैरहवा–सुनौली रुटमा बस चल्नेछ ।

यस्तै सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै बेलुकी ७ बजे नयाँ बसपार्कबाट र साढे ७ बजे कलंकीबाट बस छुट्ने छ ।
यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सक्नेछन् ।


  •  
  •  
  •