आइपुग्यो नेपाल एयरलाइन्सको ‘सगरमाथा’ विमान

187
  •  
  •  
  •  

काठमाडौं, २५ माघ (ओएनएस) :  नेपाल वायुसेवा निगमले फ्रान्सेली कम्पनी एयरबससँग खरिद गरेको विमान नेपाल आइपुगेको छ । ‘

सगरमाथा नाम दिइएको उक्त विमान अन्तर्राष्ट्रिय उडानको लागि निगमले खरिद गरेको हो । यसअघि निगमले २७ वर्षअघि २०४४ सालमा अन्तर्राष्ट्रिय उडानको लागि दुई वटा बोइङ विमान किनेको थियो ।

आइतबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अवतरण गरेको विमान ए–३२०–२०० सिरिजको हो । उक्त विमान कतारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अवतरण गरेको थियो ।

त्यसअघि शनिबार जर्मनीको ह्यामबर्गबाटे उडेको विमान कतारको राजधानी दोहामा आइपुगेको थियो । जहाजमा विजनेस क्लास ८ सिट र इकोनोमी क्लसका १ सय ५० वटा सिट छन् । यो सहित अब निगमसँग तीन वटा ठूला विमान भएका छन् ।

२०७० असार मा एयरबस कम्पनीबाट २ विमान खरिद गर्ने सम्झौता गरे अनुसार यो पहिलो विमान हो । २ विमान खरिद गर्न निगमले २०७० जेठमा १० अर्ब ऋण सम्झौता गरेको थियो ।

विमानमा पर्यटनमन्त्री दिपकचन्द्र अमात्य, निगमका अध्यक्ष शिवशरण न्यौपाने, प्रवन्ध निर्देशक मदन खरेल नागरिक उड्यन प्राधिकरणका पदाधिकारी, कर्मचारी, पाइलट, ईन्जिनियर गरि १८ जना सवार थिए । यस्को कल साइन ९ एन ए के डब्लु हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अवतरणपछि पञ्चेबाचा र पञ्चकन्यासहितको स्वागत गरिएको थियो भने आकाशभैरब र विमानको पूजा गरिएको छ ।


  •  
  •  
  •