यसरी आयो ‘सगरमाथा’ (फोटोफिचर)

426
  •  
  •  
  •  

काठमाडौं, २५ माघ (ओएनएस) : नेपाल वायुसेवा निगमले फ्रान्सेली कम्पनी एयरबससँग खरिद गरेको विमान नेपाल आइपुगेको छ । ‘सगरमाथा’ नाम दिइएको विमान अन्तर्राष्ट्रिय उडानको लागि निगमले खरिद गरेको हो ।

Nepal Airlines (1)

यसअघि निगमले २७ वर्षअघि २०४४ सालमा अन्तर्राष्ट्रिय उडानको लागि दुई वटा बोइङ विमान किनेको थियो । आइतबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अवतरण गरेको विमान ए–३२०–२०० सिरिजको हो ।

Nepal Airlines (2)

उक्त विमान कतारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अवतरण गरेको थियो । त्यसअघि शनिबार जर्मनीको ह्यामबर्गबाटे उडेको विमान कतारको राजधानी दोहामा आइपुगेको थियो ।

Nepal Airlines (4) विमानमा विजनेस क्लास ८ सिट र इकोनोमी क्लसका १ सय ५० वटा सिट छन् ।

Nepal Airlines (3)

यो सहित अब निगमसँग तीन वटा ठूला विमान भएका छन् ।Nepal Airlines (6)

२०७० असार मा एयरबस कम्पनीबाट २ जहाज खरिद गर्ने सम्झौता गरे अनुसार यो पहिलो विमान हो ।

Nepal Airlines (9)

२ विमान खरिद गर्न निगमले २०७० जेठमा १० अर्ब ऋण सम्झौता गरेको थियो ।

Nepal Airlines (7)

विमानमा पर्यटनमन्त्री दिपकचन्द्र अमात्य, निगमका अध्यक्ष शिवशरण न्यौपाने, प्रवन्ध निर्देशक मदन खरेल नागरिक उड्यन प्राधिकरणका पदाधिकारी, कर्मचारी, पाइलट, ईन्जिनियर गरि १८ जना सवार थिए ।

Nepal Airlines (5)

यस्को कल साइन ९ एन ए के डब्लु हो ।

_AKD0082

त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अवतरणपछि पञ्चेबाचा र पञ्चकन्यासहितको स्वागत गरिएको थियो भने आकाशभैरब र विमानको पूजा गरिएको छ ।

Nepal Airlines (8)


  •  
  •  
  •