२४ औँ पटक सगरमाथा आरोहण

682
  •  
  •  
  •  

काठमाडौं, ७ जेठ(ओएनएस) : सोलुखुम्बु थामेका कामीरिता शेर्पाले २४ औँ पटक सगरमाथा आरोहण गरेका छन् ।

गत बुधबार २३ औँ पटक सगरमाथा आरोहण गरेका शेर्पाले मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पुगेका हुन् ।

अघिल्लो वर्ष २२ औँ पटक सगरमाथा आरोहण गर्दादेखि नै सबैभन्दा बढी पटक सगरमाथा आरोहणको किर्तिमानी कायम गरेका शेर्पाले लगातार आफ्नै किर्तिमानी तोडेका हुन् ।

उनले २५ पटक सगरमाथा चढेर सन्यास लिने यस अघि नै सार्वजनिक घोषणा गरेका छन् ।
कामिरिताले एकै याममा दुई पटक सगरमाथा चढेको यो चौथो पटक हो ।

यसअघि उनले तीन आरोहण याममा दुई–दुई पटक सगरमाथा चढेका थिए ।
उनले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए ।


  •  
  •  
  •