सगरमाथा आरोहीका लागि बाटो बनाउँदै शिखरमा पुगे आठ नेपाली

95
  •  
  •  
  •  

काठमाडौं, ३१ वैशाख(ओएनएस) : आठ जना नेपाली आरोही मंगलबार सगरमाथाको शिखरमा पुगेका छन् ।
यस वर्षको हिमाल आरोहण सुरु भएसँगै आठ जना नेपाली गाइड दिउँसो १ः४५ मा चुचुरोमा पुगेका हुन् ।

फाइल तस्बिर

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आरोहीहरुका लागि डोरीको सहायताले बाटो बनाउँदै उनीहरु चुचुरोमा पुगेका हुन् ।

उनीहरु चुचुरोमा पुगेसँगै अन्य आरोहीहरुका लागि आरोहणको बाटो खुलेको उनले बताए ।  दोलखाको लामाबगरका सिद्ध बहादुर तामाङको नेतृत्वमा मकालु संखुवासभाका पासदावा शेर्पा, दावा नोर्बु शेर्पा, मिङदोर्ची शेर्पा, साङबु भोटे, आङ फुर्वा शेर्पा, सोलुखुम्बुको खुम्जुङका दोर्जी ग्यालजेन शेर्पा र पासाङ दावा शेर्पा सगरमाथाको चुचुरोमा बाटो बनाउँदै पुगेका हुन् ।
सगरमाथाको शिखरमा पुग्ने सबै काठमाडौंमा रहेको हिमालयन गाइड्स नामक एक्सपिडीसन कम्पनीमा आवद्ध हाई अल्टिच्यूट गाइड हुन् ।

उनिहरु १३ दिनअघि ८ हजार मिटर उचाइमा पर्ने साउथकोलसम्म बाटो बनाउँदै पुगेको थियो । यसपटक सगरमाथा आरोहणका लागि ३ सय ७७ जनाले अनुमति लिएका छन् ।


  •  
  •  
  •