सगरमाथाको उचाइ नाप्ने काम ६० प्रतिशत सकियो

1162
  •  
  •  
  •  

सोलुखुम्बु, २९ चैत(ओएनएस) : सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम ६० प्रतिशत सकिएको नापी विभागले जनाएको छ ।

सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने काम भैसकेको र यो काम सकिएसँगै ६० प्रतिशत काम सम्पन्न भएको सगरमाथा मापन योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डंगोलले जानकारी गराएका छन् ।

अब प्राविधिक टोलीले सगरमाथा उचाइमा पुगेर उचाइ मापन गर्नेछन् । सगरमाथाको आधिकारिक उचाइ आठ हजार आठ सय ४८ मिटर मानिए पनि नेपालले भने पहिलो पल्ट मापन गर्न लागेको हो ।

यसअघि भारत, चीन, अमेरिकालगायत देशले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए ।
सगरमाथाको उचाइ नाप्न बुधबार चार जना कर्मचारीको टोली त्यसतर्फ प्रस्थान गरेको थियो ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् ।


  •  
  •  
  •