चीनतर्फबाट हुने सगरमाथा आरोहण रद्द

80
  •  
  •  
  •  

काठमाडौं । चीनले वसन्त ऋतुमा हुने सगरमाथा आरोहण पूर्ण रुपमा रद्द गरेको छ । नेपालतर्फको आधार शिविरमा कोभिड सङ्क्रमण फैलिएको खबरपछि शिखरमा रेखा कोर्न टोली पठाएको चीनले सबै आरोहण रद्द गर्दै आरोहीहरूलाई फिर्ता बोलाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आरोहण रद्द गरेसँगै चीनले सगरमाथाको शिखरमा सीमारेखा कोर्ने काम पनि रोकेको छ । केही मानिस उभिन मात्रै मिल्ने सगरमाथाको शिखरमा चीनले रेखा कोर्ने विषयलाई चासोका साथ हेरिएको थियो ।

मानिस लामो समय बस्न नसक्ने, घेराबार लगायतको भौतिक संरचनाको सम्भावना कम भएको तथा चीन वा नेपालतर्फको मोहोडाबाट जाने आरोहीहरू सजिलै भेट हुने भएकोले सीमारेखा असम्भव रहेको आरोहीहरूले बताएका थिए । चासोका बीच चीनले आरोहीबाट कोरोना सर्न सक्ने भन्दै आफ्नो तर्फबाट हुने सबै आरोहण नै रद्द गरेको समाचारमा उल्लेख छ ।


  •  
  •  
  •