चक्रपथभित्र दुई दिन जोर–विजोर प्रणाली

435
  •  
  •  
  •  

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को अवसरमा ट्राफिक प्रहरीले दुई दिन जोर–विजोर प्रणाली लागू गर्ने भएको छ ।

मंसिर १५ देखि २४ गतेसम्म हुने सागको व्यवस्थापनका लागि भन्दै दुई दिन जोर विजोर प्रणाली लागू गर्न लागिएको हो ।

साग सुरक्षा उपसमितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्ने जानकारी गराए । जसअनुसार साग उद्घाटनको दिन अर्थात १५ गते बिजोर नम्वरका सवारीसाधन मात्रै संचालन हुने छन् भने समापन हुने दिन २४ गते जोर नम्वर प्लेटका सवारीमात्र संचालन हुनेछन् ।

त्यस्तै ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ । सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने यो व्यवस्था लागू हुने छैन ।

त्यस्तै दशरथ रंगशाला वरिपरिका सवारी मार्ग सकेसम्म प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडक प्रयोग गर्न आग्रह गरेको छ ।

त्यस्तै हर्नको प्रयोग नगर्न र ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्न पनि प्रहरीले आग्रह गरेको छ ।
सागको उद्घाटन मंसिर १५ गते हुनेछ भने समापन २४ गते हुने छ ।


  •  
  •  
  •