साग खेलकुदः बंगलादेशसँग नेपाल पराजित

40
  •  
  •  
  •  

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत बुधबार भएको पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

खेलमा नेपाल ३–२ को सेटमा पराजित भएको हो । नेपालले पहिलो र तेस्रो सेटमा जित हात पार्दा बंगलादेशले दोस्रो, चौथो र पाँचौं सेटमा बाजी मारेको हो ।

नेपालले दुवै सेट निकै प्रतिस्पर्धात्मक रुपमा पछि परेको थियो । पहिलो सेट २५/२० ले जितेको नेपालले दोस्रो सेट २५/२३ ले गुमाएको थियो । तेस्रो सेट २५/१९ ले आफ्नो पक्षमा पार्दै २/१ को अग्रता बनाएको नेपाल चौथो सेटमा २६/२४ ले पछि परेपछि बंगलादेशले २/२ को बराबरी गर्न सफल भयो ।

पाँचौं सेटमा बंगलादेशले भने १५/१२ ले आफ्नो पक्षमा पार्दै जित हात पारेको हो ।
अब नेपालले भारतसँग खेल्नु पर्ने छ ।

यसअघि बुधबार दिउँसो भएको महिला भलिबलमा भने नेपालले बंगलादेशलाई ३/० को सोझो सेटमा हराएको थियो ।


  •  
  •  
  •