१३ औं दक्षिण एशियाली खेलकुदः आजबाट भलिबलका खेल शुरु

42
  •  
  •  
  •  

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आजबाट भलिबलका खेल शुरु हुँदैछन् । औपचारिक उद्घाटन हुनुभन्दा अगाडी नै महिला र पुरुष भलिबल शुरु हुन लागेको हो ।

नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन् । उद्घाटन खेलमा महिला भलिबल टिमले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

सागमा स्वर्ण जित्ने लक्ष्य राखेको महिला टिमले दिउँसो ३ बजे बंगलादेशसँग खेल्न लागेको हो । सागको महिला भलिबलमा नेपाल सूमह ए मा रहेको छ ।

नेपाल रहेको समूहमा भारत र बंगलादेश छन् । भारत स्वर्णको दाबेदार हो । बंगलादेश तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो । आजै पुरुष टिमले समेत बंगलादेशसँग खेल्ने छ । खेल साँझ ७ बजे शुरु हुनेछ ।


  •  
  •  
  •