पुरुष क्रिकेटमा नेपाललाई कांस्य पदक

350
  •  
  •  
  •  

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालले काश्य जितेको छ । नेपालले माल्दिभ्सलाई ५ विकेटले हराउँदै कांस्य जितेको हो ।

काठमाडौं किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।

माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । अमिल माउरुफले १३ रन जोडे । नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिएका थिए ।

पुरुषतर्फको स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेशले खेल्ने छन् । जवाफमा नेपालले १६ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ ।

पाँच रन हुँदा पहिलो विकेट गुमाएको नेपालले ४४ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम रोकिएन । उसले ६० रन बनाउँदा चार विकेट खेर फाल्यो । नेपालका लागि पारस खड्काले तीन रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ३२ रन बनाए ।

यस्तै दिपेन्द्र ऐरीले दुई रनमा पेभेलियन फर्किए । यस्तै विनोद भण्डारीपनि १२ रनमा आउट भए ।


  •  
  •  
  •