१३ औं सागः नेपाललाई १५ स्वर्ण

33
  •  
  •  
  •  

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार नेपालले पहिलो दिन नै १५ स्वर्ण पदक हात पार्न सफल भएको छ ।

तेक्वान्दो र करातेमा सात सात स्वर्ण पदक जितेको नेपालले ट्रायाथलनमा पनि एउटा स्वर्ण पदक जितेको छ । पोखरामा भएको ट्रायाथलन तर्फ महिलाको स्प्रिन्ट विधामा सोनी गुरुङले स्वर्ण पदक जितेकी छन् ।

यस्तै करातेमा नेपालले सात वटा स्वर्ण पदक जितेको छ । पहिलो दिन १३ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा नेपालले ७ वटामा सफलता हासिल गरेको हो ।

नेपालका लागि आयशा शाक्यले दुई वटा स्वर्ण पदक दिलाइन् । पार्वती गुरुङ, सिना मादेन र कमल श्रेष्ठले पनि स्वर्ण पदक दिलाएका छन् ।

नेपाली महिला टिम पुम्से तर्फ १७–२९ वर्षउमेर समूह(निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना) र २३ वर्षमाथि उमेरसमूह(निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई)मा स्वर्ण जित्न सफल भएको हो । नेपालका लागि आयषाले २९ वर्षमाथिको व्यक्तिगत पुम्से र जोडी (सञ्जीवकुमार ओझासँग मिलेर) गरी दुई विधातर्पm स्वर्ण दिलाए ।
नेपालका लागि आयषाले २९ वर्षमाथिको व्यक्तिगत पुम्से र जोडी (सञ्जीवकुमार ओझासँग मिलेर) गरी दुई विधातर्फ स्वर्ण दिलाइन् ।

करातेमा पहिलो दिन नेपालले सात स्वर्ण पदक जितको छ । ९ मध्ये ७ स्वर्ण पदक जितेको हो । कराँतेको कातामा नेपालका मण्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाए ।
पुरुषको एकल कातामा पहिलो भएका मण्डेले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे । यसका साथै मण्डे एकै सागमा दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । नेपाली टिममा मण्डेसँगै महसुस मानन्धर र प्रविन महर्जनले नेपाललाई स्वर्ण दिलाए ।

करातेमा पुरुष एकल कातामा पनि मण्डेले पाकिस्तानी खेलाडीलाई हराँउदै स्वर्ण जितेका छन् । टिम कातामा नेपालका लागि निर्मला तामाङ, सरु कार्की, संगिता मगरले स्वर्ण जितेकी छन् ।
आठ प्रतिस्पर्धा मध्ये सातमा स्वर्ण जितेको नेपालका लागि सोमबारको अन्तिम स्वर्णका रुपमा अनु अधिकारीले पदक हात पारिन् । उनले श्रीलंकाकी डोनलाई आठ शुन्यको स्कोरमा हराइन । जसका कारण नेपाले कराँतेमा स्वर्ण संख्या सात पुर्याएको छ ।
कराँतेको कातामा नेपालका मण्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाएका छन् । पुरुषको एकल कातामा पहिलो भएका मण्डेले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे । यसका साथै मण्डे एकै सागमा दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । रातेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जिते ।

८४ केजी माथिको तौल समूहमा विप्लव लाल श्रेष्ठले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण जितेका छन् ।
कुमुतेको ४५ केजी मुनीको तौल समुहमा कुशुम खड्काले स्वर्ण दिलाएकी हुन् । नेपालका लागि अणु अधिकारीले ५० केजी मुनी स्वर्ण पदक जितेकी हुन् ।

हेर्नुहोस्

स्वर्ण पदक

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

कराते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी) – लक्ष्मण तामाङ

कराते(८४ केजीमाथि)(विप्लवलाल श्रेष्ठ

कराते (४५ केजी मुनी)( कुसुम खड्का

कराते (५० केजी मूनि) अनु अधिकारी

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे

पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

ट्रायथलन – सोनी गुरुङ

 

रजत पदक

कराते (एकल काता) – चन्चला दनुवार

तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

 

कास्य पदक

तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

ट्रायथोलन – बसन्त थारु


  •  
  •  
  •