१३ औँ सागमा नेपाललाई ६ स्वर्ण

43
  •  
  •  
  •  

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद(साग) खेलकुदमा नेपालले ६ स्वर्ण पदक जितेको छ ।
कराँतेबाट नेपालले ३ विधामा स्वर्ण पदक जितेको छ भने तेक्वान्दोबाट दुई तथा ट्राइथ्लोनमा एक स्वर्ण जित्न सफल भएको छ ।

नेपाललाई पहिलो स्वर्ण व्यक्तिगत कराँते काता विधाबाट मन्डेकाजी श्रेष्ठले दिलाएका थिए । यस्तै मन्डेकाजी श्रेष्ठकै टोलीले सिनियर पुरुष कराँते कातामा अर्को स्वर्ण हात पारेको छ ।

नेपाली महिला कराँते टोलीले पनि कातामै स्वर्ण जितेको छ । यसैगरी तेक्वान्दोमा व्यक्तिगत पुम्सेतर्फ कमल श्रेष्ठले स्वर्ण हात पारेका छन् भने सिना मादेन लिम्बुले तेक्वान्दो पुम्से विधामै अर्को स्वर्ण हात पारिन् ।

यस्तै ट्राइथ्लनमा सोनिका गुरुङले स्वर्ण जितेकी छन् ।  सागका खेलहरु जारी छन् । खेल जनकपुर, पोखरा र काठमाडौंमा मंसिर २४ गतेसम्म चल्नेछ ।


  •  
  •  
  •