१३ औँ साग: महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी

44
  •  
  •  
  •  

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपाल विजयी भएको छ ।

पोखरा रंगशालामा सोमबार बिहान भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको हो ।
माल्दिभ्सले दिएको १७ रनको झिनो लक्ष्य नेपालले मात्र ५ बलमा विना विकेटको क्षतिमा पूरा ग¥यो ।

माल्दिभ्सविरुद्ध अञ्जली चन्दले महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरिन् । उनले माल्दिभ्स विरुद्ध एक रन पनि नदिदा ६ विकेट लिएर नयाँ कीर्तिमान बनाइन् ।

उनले पहिलो ओभरमा मेडेन राख्दै तीन विकेट लिइन भने दोस्रो ओभरमा पनि एक रन पनि खर्चिनन् । तेस्रो ओभरमा थप एक विकेट लिइन । जसका कारण उनले महिला क्रिकेटमा कीर्तिमानी फिगर बनाइन् ।
अब नेपालले डिसेम्बर ४ मा बंगलादेशसँग खेल्ने छ ।


  •  
  •  
  •