तस्विरमा १३ औ‌ँ साग

47
  •  
  •  
  •  

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को आइतबार साँझ उद्घाटन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहकाबीच सागको उद्घाटन गरेकी हुन् । रंगशालामा उपस्थित १२ हजारभन्दा बढी दर्शकले १३ औँ सागलाई स्वागत गरेका थिए भने प्रतियोगितामा सहभागी भएका देशका खेलाडी र अफिसियलले मार्चपास गरेका थिए ।

रंगशालाका चारवटै फर्ड लाइट बालिएका थिए । सागमा २८ खेल समावेश गरिएको छ । जसमध्ये एक खेल जनकपुरमा, ८ खेल पोखरामा र बाँकी खेल काठमाडौँमा हुनेछन् । सागमा सात देशका ३ हजार भन्दा बढी खेलाडीले ३ सय १७ स्वर्ण ३ सय १७ रजत र ८ सय ८१ कास्यपदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दक्षिण एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सव नेपालले २० वर्षपछि आयोजना गरेको हो ।
पहिलो पटक सन् १९८४ मा नेपालबाट सुरुभएको साग नेपालले तेस्रो पटक आयोजना गरेको हो । नेपालले दोस्रो पटक सन् १९९९ मा दोस्रो पटक सागको आयोजना गरेको थियो ।

हेर्नुहोस् तस्बिरमा


  •  
  •  
  •