काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बंगलादेशले राष्ट्रिय टोलीबाट खेलिरहेका तीन खेलाडी राख्दै यू–२३ क्रिकेट टिमको घोषणा गरेको छ ।
नाज्मुल हुसेनको कप्तानीमा बंगलादेशको टिममा सौम्य सरकार, अफिफ हुसेन र नाइम शेख सिनियर टिमका खेलाडी छन् ।
बंगलादेशको टिममा मोहमद सैफ हसन, नाइम शेख, अफिफ हुसेन,जाकिर हसन, नाज्मुल हुसेन, यासिर अली चौधरी, सायद मिन्हाजुल अफ्रिदी, सुमोन खान, महिदुल इस्लाम, तान्भिर इस्लाम, मनिक खान,मेहेदी हसन राना, सोम्य सरकार, महादी हसन, हसन मोहम्मद रहेका छन् ।