श्रीलंकालाई पराजित गर्दै भुटान फाइनलमा

118
  •  
  •  
  •  

काठमाण्डौ । दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा भुटान पहिलोपटक ऐतिहासिक रुपमा सागको फाइनलमा पुगेको छ ।

भुटानले प्रतियोगितामा खेलेका तीनै खेलमा शतप्रतिशत नतिजा निकाल्दै फाइनलमा प्रवेश गरेको हो । यो सँगै भुटानले कम्तिमा रजत पक्का गरेको छ ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा भुटानले श्रीलंकालाई ३-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो । भुटानको जितमा छिमी दोर्जीले २ गोल गरे । यो सागमा उत्कृष्ट प्रदर्शन गरेको भुटानले श्रीलंकाविरुद्ध खेलको १८ औंँ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । पहिलो हाफ १-० ले सकिएको खेलमा भुटानले दोस्रो हाफमा २ गोल गर्न सफल भयो । खेलको ६८ औँ मिनेटमा र ८०औँ मिनेटमा गोल गर्दै भुटानले जित पक्का गरेको थियो ।

यो जितले नेपालले पनि लगभग फाइनलमा स्थान बनाएको छ । आएतबार नेपालले बंगलादेशसँग खेल्नेछ । आइतबारको खेलमा नेपाल बंगलादेशसँग पाँच शून्य गोलको फरकमा हारेमा मात्र नेपाल फाइनल पुग्न असफल हुनेछ ।


  •  
  •  
  •