सागमा पदक विजेतालाई विशेष पुरस्कारको घोषणा

स्वर्ण जित्ने खेलाडीलाई नौ लाख
421
  •  
  •  
  •  

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक विजेता खेलाडीलाई नेपाल सरकारले विशेष पुरस्कारको घोषणा गरेको छ ।

जसअन्र्तगत स्वर्ण जित्ने खेलाडीलाई नौ लाख, रजत जित्नेलाई ६ लाख र काश्य जित्नेलाई तीन लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका हुन् ।

यसका साथै एक भन्दा बढि स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रुपैयाँ दिने निर्णय गरिएको छ ।
यसपटकको सागमा नेपालले कुल ५१ स्वर्ण जितेको थियो ।

यस्तै ६० रजत र ९५ काश्यसहित कुल दुई सय ६ पदक जितेको थियो । जसमा गौरीका सिंहले सबैभन्दा बढि चार स्वर्ण जितेको थियो भने आयशा शाक्यले दुई र करातेका मण्डेकाजी श्रेष्ठले दुई स्वर्ण हात पारेका थिए ।


  •  
  •  
  •