साग पुरुष फुटबल: नेपालले जित्यो स्वर्ण पदक

129
  •  
  •  
  •  

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ ।
मंगलबार भएको फाइनल खेलमा भुटानलाई २–१ ले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो ।

नेपालसँग पराजय भोगेको भुटानले रजत पदक जितेको छ । नेपालको जितका लागि सुनिल बलको गोल नै निर्णायक रह्यो । सुनिलले खेलको ५३ औं मिनेटमा नेपालका लागि दोस्रो तथा व्यक्तिगत पहिलो गोल गरेका थिए ।

यसअघि नेपालका अभिषेक रिजालले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
भुटानका कप्तान चेन्चो ग्याल्सेनले खेलको ३६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफ शुरु भएपछि नेपालले आफ्नो दवाव बढाउँदै लगेको थियो ।


  •  
  •  
  •