पाँच हजार मिटर दौडमा गोपीचन्द्रलाई स्वर्ण

643
  •  
  •  
  •  

काठमाडौँ, २० मंसिर (ओएनएस) : १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई थप एउटा स्वर्ण पदक हात पारेको छ।

शुक्रबार बिहान भएको ५ हजार मिटर दौडमा नेपालका गोपिचन्द्र पार्कीले स्वर्ण जीतेका हुन्। उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेण्डमा पार गरे।

भारतका सुनिल दावरले रजत हात पारे। उनले १४ मिनेट ५५.२१ सेकेण्डमा पार गरे। नेपालकै हरि कुमार रिमालले कास्य पदक जिते। योसँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ।

यस्तै, नेपालका हरि रिमालले कांस्य जितेका छन्। रिमालले उक्त दूरी १४ मिनेट ५७.०५ सेकेन्डमा पार गरेका हुन्


  •  
  •  
  •