साफ महिला च्याम्पियनसिप आजदेखि

32
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन(ओएनएस) : नेपाल पहिलो पटक घरेलु मैदानमा साफ च्याम्पियन बन्ने लक्ष्यकासाथ आज मैदानमा उत्रदै छ ।

नेपाल र भुटानबीचको खेल आजदेखि हुँदैछ । नेपाल र भुटानबीचको उद्घाटन खेल दिउँसो तीन बजे विराटनगरस्थित सहिद रंगशालामा हुनेछ ।

प्रतियोगिताको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

खेल अगाडि नेपाली टिमका प्रमुख प्रशिक्षक हरि खड्काले साफ च्याम्पियन बन्ने टिम बनाएको र यो पटक उपाधि उचाल्नेमा विश्वस्त रहेको बताएका छन् ।

पुर्वको शहर विराटनगरमा छ दक्षिण एसियाली राष्ट्र उपाधिको लागि आजदेखि भिड्नेछन । च्याम्पियनसिपमा ६ राष्ट्र सहभागी छन् । ग्रुप ‘ए’ मा नेपालसहित बंगलादेश र भुटान तथा ग्रुप बी मा लगातार चार पटकको विजेता भारतसँगै श्रीलंका र माल्दिभ्स रहेका छन् ।


  •  
  •  
  •