साफ महिला फुटबलको उपाधि जित्ने नेपालको सपना चकनाचुर

202
  •  
  •  
  •  

काठमाडौं, ५ मंसिर (ओएनएस) : साफ महिला च्याम्पियनको उपाधि जित्ने नेपालको लक्ष्य चकनाचुर भएको छ । पाकिस्तानमा शुक्रबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतसँग ६–० ले पराजित भएपछि नेपाल लगातार तेस्रो पटक फाइनलमा पराजित भएको हो ।

पकिस्तानको इस्लावादमा रहेको जिन्ना रंगशालामा भएको खेलमा नेपालले दुबै हाफमा ३–३ गोल खाएको थियो । भारतलाई उपाधिमाथि ह्याट्रिक गराउने क्रममा बाला देबिले पनि ह्याट्रिक गरेकीस् थिइन् ।

यसअघिको दुवै संस्करणमा फाइनलमा पुगेको नेपाल भारतसँगै पराजित भएको थियो ।

नेपालले समूह चरणमा भुटान ८–०, श्रीलंकालाई ३–०, पकिस्तानलाई २–० र सेमिफाइनलमा बंगलादेशलाई १–० ले हराउँदै नेपाल प्रतियोगितामा फाइनलमा पुगेको हो ।


  •  
  •  
  •