साफ च्याम्पियनसिप अर्काे वर्ष, बंगलादेशले आयोजना गर्दै

179
  •  
  •  
  •  

काठमाडौं,२७ मंसिर (ओएनएस) : दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको मिति टुंगो लगाएको छ। साफको १३औं संस्करण आगामी वर्षको सेम्टेम्बर ४ देखि १५ तारिखसम्म बंगलादेशको ढाकामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

यहि डिसेम्बरमा आयोजना गर्ने भनि निर्णय गरेको साफले अल इन्डिया फुटबल फेडरेशनले प्रतियोगिताको मिति सार्न आग्रह गरेपछि दक्षिण एसियाली फुटबल महासंघले अल इन्डिया पुटबल फेडरेशनको प्रस्तावलाइ स्वीकार्दै प्रतियोगिता अर्को वर्ष गर्ने निर्णय गरेको हो। हरेक दुई वर्षमा आयोजना हुने भनिए पनि यसपटकको एक वर्ष पछि सारिएको छ ।

प्रतियोगितामा दक्षिण एसियाली महादेशका अफगानिस्तान बाहेकका ७ टिमले सहभागिता जनाउनेछन्। अफगानिस्ताले यसक्षेत्रबाट सदस्यता सार्दै मध्य एसियामा प्रवेश गरिसकेको छ। भारत प्रतियोगिताको साविक विजेता हो।


  •  
  •  
  •